Total Readers: 4
On Queue: 0
गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला – लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुयाउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो , सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।
राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेंलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरू तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ , मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यी जञ्जालहरुबाट ।
पहेंलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ , न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैभित्र हुन सक्छ तर खोजी कसले गर्ने ?
भ्रम अर्थात् मायाको एक सकों धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा ।
पहेंलो फूल , पहेंलो दृष्टि , पहेंलपुर छ संसार !!!
SUDIP KHANAL
Reviewed on Wednesday 05, Asar 2081 (07:31 PM)
Starting from story of individuals and connect them in very suspence way is best part of this book.
Explore our collection of books