Total Readers: 1
On Queue: 0
आज म धेरै उचाइमा आईपुगेको छु र यो उचाईबाट म सबै बस्तीलाई बस्तीका मान्छेहरुलाई सुम्सुम्याउन सक्छु, आकाशलाई औंलाहरुले कोट्याउन सक्छु, बादललाई आफ्नो परेलामा कैद गर्न सक्छु, यहाँबाट देखिने तर मैले कहिल्यै नदेखेको सुन्दरता देख्न सक्छु, प्रकृतिले सिर्जना गर्न बिर्सेको यो सुन्दरता आखिर मान्छेले सिर्जना गरिछाडेको छ । यो नीलो आकाशभन्दा पनि सून्दर, फूल र नदीभन्दा पनि सुन्दर, पहाडका मस्त तरेलीहरु अनि हिमालका स्वेत टलकहरु भन्दा पनि सुन्दर, सायद मेरी प्रेमिकाको मन्द पदचाप, आमाको न्यानो काख अनि दिदीको कोमल स्नेहभन्दा पनि सुन्दर ! कस्तो सुन्दर चीज मेरो आँखामा भरियो आज ? यो उचाइमा कुन संयोगले पुगेँ म ? र, कुन संयोगले यो सुन्दर चीजले मलाई अंगालोमा बाँध्यो ? यो सुन्दर चीजलाई म केसँग तुलना गरुँ ? शायद भर्खरै जन्मिएको शिशुको निःश्वार्थ, निश्चल मिल्दोजुल्दो छ । हो, भर्खरै जन्मिएको शुशुको आँखासँग मात्रै यो सुन्दर जीजलाई दाँज्न सकिन्छ, अरु कुनै पनि चीजसँग सकिन्न । आखिर मलाई यो सुन्दरताले बाँध्यो अंगालोमा बाँधी छाड्यो ।'
No reviews yet.
Explore our collection of books