हाम्रो समाज र संस्कृतिमा थरि-थरिका कुरीति र अन्धबिश्वाशहरु छन् जसलाई तोडेर अगि बढ्ने हाम्रो कर्तब्य र जिम्मेवारी हो । ती अन्धविश्वासहरू मध्ये एक थियो सती प्रथा, जहाँ भर्खरै विधवा महिलाहरुलाई उनीहरूको मृत पतिसँगै जिउँदै जलाइने गरिन्थ्यो। यो पुस्तकले कृष्ण धरावासीको सुन्दर शब्दहरुमा त्यै अन्धविश्वासको कडा आलोचना र खण्डन गरेको छ। सो कथामा रहेका पात्रहरुलाई मात्र नभएर वास्तविक जीवनका पीडित महिलाहरुको लागि पनि यो पुस्तकले अवाज उठाउन सफल रहेको छ।